अपडेट 
२०७७ पुष १८, शनिबार १६:१०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् । दोस्रो चरणको आन्दोलन समापनका अवसरमा राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने निर्णय भएको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । देशभर विरोध प्रदर्शन,भेला, मसाल जुलुस,सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रम छन् । आन्दोलनका क्रममा संविधान वाचन तथा ब्याख्या गर्ने कार्यक्रम समेत राखिएका छन् ।

पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताउदै उहाँले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News