अपडेट 
२०७७ पुष १९, आईतवार ०७:३०

रौतहट जिल्लामा अहिले सम्म नगर सभा गर्न नसकेका राजदेवी नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिका , स्वास्थ्यकर्मी लगायत नगरपालिकाका कर्मचारीहरु विगत ७ महिना देखि तलव सुबिधा नपाएकोले आन्दोलित भएको हो ।

अषाढ १० गते सम्म नगर अधिवेशन गरि सक्नु पर्नेमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि विच तालमेल बन्न नसकेको कारण अहिले सम्म परिषद नगरेकोले कर्मचारीहरु तलवबाट बन्चित भएको छ । पटक पटक नगर प्रमुख र नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतलाइ ज्ञापन पत्र मार्फत ध्यानाकर्षण समेत गराउदा पनि कुनै बस्ता नगरेको कारण बाध्य भएर आन्दोलनमा जानु परेको शिक्षक संघर्ष समितिका संयोजक रवि शंकर प्रसाद यादवले बताएका छन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको अवस्था कमजोर हुनुको साथै दैनिकी जीवन यापन गर्न समस्या भएकोले आन्दोलन गर्नु परेको नेमधारी बासुदेव नमुना विद्यालय मुडवलवाका प्रध्यानाध्यापक समेत रहेका संयोजक यादवको भनाइ रहेको छ । आन्दोलनमा रहेका शिक्षक राम श्रेष्ठ राय यादवले ७ महिना देखि नगरपालिकाले तलब भत्ता लगायत पाउनु पर्ने सेवा सुविधा समेत नदिएकोले नगरपालिकाको विरुद्ध धर्नामा बसेको बताएका छन् ।

मिहनेत गरि काम गर्दा पनि नगरपालिकाले समयमा तलव भुक्तानी नगरेको आरोप समेत लगाए । भोकै कति दिन सम्म बस्नु काम गर्ने इच्छा समेत ह्रास भएको उनले भने आर्थिक संकट उत्पन्न भएको छ । घर परिवार ,छोरा छोरीको अध्यन अध्यपन्न लगायत दैनिकी खर्च टार्न गार्हो भै सकेको छ भन्दै शिक्षक यादवले समयमा भुक्तानी गरिएन भने नगरपालिकामा तालाबन्दी समेत गर्ने चेतावनी दिए । स्वास्थ्यकर्मिहरुले आन्दोलन गर्दा नगर परिषद भए पछि भुक्तानी हुने आस्वासन दिएका नगर प्रमुखले दुइ दिन देखि धर्ना दिएपनि सम्पर्कमा नआएको गुनासो गरे । जिल्लामा अन्य स्थानीय तहले नगर परिषद सम्पन गरि विकास निर्माणका योजना कार्यान्वयनमा ल्याए पनि राजदेवी नगरपालिकाको नगर सभा हुन् नसकेकोले योजनाहरु ओझेलमा पर्ने सम्भावना बढेको छ ।

पुष महिनामा अर्को नगर सभाको बैठक हुनु पर्ने समय रहेको राजदेवी नगरपालिकाको यो बैठक पनि हुने अवस्था नरहेको छ ।

Comment


Related News

Latest News

Trending News