भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश २ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ पिपरामा घर निर्माण शिलान्यास गरिएको छ ।
शनिवार एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले शिलान्यास गरेको हो । प्रदेश सरकारको दलितको बस्ती मा पक्की घर (जनता आवास) कार्यक्रम लाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंजको आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो । शहरि भवन का कार्यालय प्रमुख राजेन्द्र प्रसादको अध्यक्षतामा आयोजित सो समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्साका संयोजक रमेश प्रसाद कुर्मीले पहिलो चरणमा पर्साका २ सय अति बिपन्न दलित को पक्की घर बनाउने जानकारी दिए ।
कार्यक्रममा पुर्ब मन्त्री करिमा बेगम, सांसद भिमा यादव , जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित, पर्सा का सचिवद्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा, निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रत्येक घरधुरी सरकार ले तीन लाख पचास हजार को बजेट बिनियोजन गरेको जनाइएको छ ।



