अपडेट 
२०७७ पुष १९, आईतवार ०७:३८

धनुषा जिल्लाको मिथिला नगरपालिका–७ स्थित रहेको मिथिला सागर पोखरीया ताललाई प्रदेश दुईकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने नगर प्रमुख हरिनरायण महतोले बताएका छन् ।

अंग्रेजी नयाँ वर्षका दिन भरी भराउ रहेको पोखरीया ताललाई अवलोकन गर्दै मेयर महतोले प्रदेश दुईकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने आफनो सोच अनुसार संघ, प्रदेशको सहयोगको अपेक्षा गर्दै काम अगाडी बढाएका उनले बताए । अंग्रेजी नयाँ वर्षको दिन आफूले अपेक्षा गरेको भन्दा पनि वढी पर्यटक भित्रेको देखेर खुसी व्यक्त गर्दै यो ठाउँको विकासमा अझपनि धेरै काम गर्न बाँकी रहेको आफूलाई महसुस भएको र आउने दिनमा त्यो सबै कमी कमजोरीलाई आत्मसाथ गर्दै विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मिथिला नगरपालिका प्रमुख महतोको अनुसार प्रदेश नम्बर दुईकै एउटा पर्यटकीय स्थलको रुपमा हामी यसलाई विकास गरिने भएको छ ।

उनले भने–‘ अहिले धेरै काम गर्न बाँकी छ यहाँ जति देखिरहनुभएको छ सवै प्राकृतिक छ यसलाई अझ सिंगारनको लागी सहयोगि संस्था जस्तै राष्ट्रपति चुरे, सहरी विकास मन्त्रालय बाट विभिन्न सहयोग भएको र अझ सिंगारनको लागी पिकनिक स्पोर्ट , मदन भण्डारी स्मृति पार्क, बालवालिकाहरुको लागी चिल्ड्रेन पार्क, भिउ टाउर र जहु जस्ता पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छु ।’ यो ठाउँको विकासका लागि यो साल विभिन्न चरणमा सहरी विकास मन्त्रालयको तर्फबाट ३ कारोड पचास लाख र मिथिला नगरपालिकाबाट ५० लाख छुठियाएको छु । करिब २० विगहा जग्गामा रहेको यो ठाउँको विकासका निमित प्रदेश सरकारबाट आश्वासन भेटे पनि अहिले सम्म कुनै किसिमको सहयोग नपाएका भएपनि विभिन्न दातृ निकायबाट सहयोगको अपेक्षा गर्दै क्रमिक रुपमा विकास गर्ने लक्षय लिएको उनले बताए ।

उनले यस पोखरीलाई व्यवस्थित बनाउन जति रकम चाहिन छ त्यो हामी व्यवस्थापन गर्ने अपेक्षा अनुसार काम अगाडी बढाएका छौं ।

Comment


Related News

Latest News

Trending News