अपडेट 
२०७७ पुष २०, सोमबार ०६:४३

धनुषाको हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेकाछन् ।

हाँसपुर नगरपालिका–४ सुगा मधुकरीमा माँ बैष्णवी युवा क्लवको समुदघाटन गनर्दै मेयर मण्डलले क्लवलाई समाजको रुपान्तरणमा लगाउन आग्रह गरेका थिए । उनले समाजिक संघ संस्थालाई राजनीतिवाट टाढा राखि समाजको उत्तरदायित्व निर्वाह गर्नकालागि आग्रह गरेका थिए । समाजमा रहेको कुरितिको विरुद्ध आवाज वुलन्द गर्नकालागि युवाहरुलाई आग्रह गरेका थिए । विकास निर्माणको कार्यहाँसपुर नगरपालिकामा गति लिई सकेको बताउँदै मेयर मण्डलले विकास निर्माणमा कुनै प्रकारले हस्तक्षेप भयो भने आफ्नै खुट्टामा आफै बञ्चरो हान्नु सरह हुने बताएका थिए । मुलुकमा भएको व्यापक आन्दोलन पश्चात संघीयता आएको र तीन तहको सरकार गठन भएको स्थानीय सरकार पनि संघ सरकार जस्तै जिम्मेवार बन्नु पर्ने अवधारणा अनुसारनै हामीले बेरोजगारहरुकालागि रोजगारी सृजना गरि रहेको उल्लेख गरेका थिए ।

उनले हाँसपुर बजारमा निर्माण भई रहेको बजार सेडमा उनीहरुलाई व्यवसाय गर्नकालागि सटर उपलव्ध गराउने बताएका थिए । विगत २० बर्ष देखि खाली रहेको स्थानीयतहहरुमा क्लवहरुको विकास हुन नसकेको उनले उल्लेख गरेका थिए । उनले भने–‘२० बर्षमा क्लवहरुको अवस्था दयनिय भएको छ । रिक्त रहेको स्थानीय तहहरुमा समाजिक संघ संस्थाहरुको विकास किन हुन सकेन् र अहिले मैले क्लवको उद्घाटन गर्न किन आए बुझनु पर्ने कुरा हो ।’ स्थानीय तहहरुमा प्रमुखहरु आएपछि समाजको सकारात्मक रुपान्तरण अनुसारनै क्लवहरुको गठन हुन थालेको उनको भनाई थियो । उनले युवाभाईहरुलाई क्लवमा नाकारात्मक दिशा त्यागि सकारात्मकता तिर उन्मुख हुन आग्रह गरेका थिए ।

लागु औषधको सेवनमा लागेका युवाहरुलाई पनि समाजिक संघ संस्थामा ल्याई खेलकुदको माध्ययमले सकारात्मक वाटो अवलम्वन गनराउनकालागि उनले आग्रह गरेका थिए । सुगा मधुकरी प्रति आफु एकदम्मै संवेदनशील रहेको उल्लेख गर्दै मेयर मण्डलले युवामा परिवर्तन ल्याउनुनै पर्ने बताएका थिए । हाँसपुर नगरपालिका युवाहरुमा उल्लेखनिय लगानीय गरि रहेको र अगामी दिनमा बैदेशिक रोजगारीको मुख हेर्नुनपर्ने योजना ल्इएको उनले बताएका थिए । उनले कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विकास निर्माणमा उल्लेखनिय प्रगति भएको र अगामी दिनमा पनि विगत झै ठोस योजना लागु गर्दै अगाडी बढ्ने उनले बताएका थिए ।

Comment


Related News

Latest News

Trending News