अपडेट 
२०७७ पुष २०, सोमबार ०७:२३

सिरहाको कल्याणपुरमा बलात्कारको घटना नसेलाउदै गोलबजारमा फेरि एक किशोरी बलात्कारको घटना सार्वजनिक भएको छ ।

गोलबजार नगरपालिका वडा नं.– १३ दुर्गापुरका एक किशोरी बलत्कृत भएकी छिन् । घरमा कोही नभएको मौका छोपी गाउँकै २४ वर्षिय प्रकाश शर्माले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । गएको पुस १६ गते किशोरी घरमा एक्लै बसिरहेकाबेला शर्माले जर्बजस्तीकरणी गरेको प्रहरीको अनुसन्धानले देखाएकोछ । पीडितका आफन्तले जर्बजस्तीकरण सम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय गोलबजारमा दर्ता गराएका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राइले जवर जस्ती करणीको उजुरी आएको जानकारी दिए । घटनाको जानकारी पछि प्रहरीले आवश्यक प्रकृया पुरा गरेको उनले जनाए । उनले घटनाबारे अनुसन्धान भईरहेको र घटनामा संलग्नको खोजी भईरहेको जनाए । आमा छोरी दुवैजना माओवली गएपनि आमा कामविशेषले उतै वसेपछि छोरीमात्र घरमा रहेको मौका छोपी दुई तीन जनाको समूहमा आएका शर्माले जवरजस्ती करणी गरेको बताइएको छ ।

फूसको घर फोडेर शर्मा घरभित्र पसेर किशोरीलाई जवर जस्ती गरेको स्थानीयले बताए । उनका अनुसार उनीहरु समूहमा आएका थिए ।

Comment


Related News

Latest News

Trending News