अपडेट 
२०७७ पुष २०, सोमबार १६:३२

नेपालमा सोमबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप ५९४ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । हाल नेपालमा ५२८९ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९०३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News