अपडेट 
२०७७ पुष २१, मंगलवार ०७:०८

विश्वभरमा ६ करोड ९ं लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा ६ करोड ९ लाख ८३ हजार ६ सय १८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ६० लाख ५६ हजार नौं सय ५२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ५९ हजार ४ सय ९५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३२ लाख १५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड १३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २६ लाख ६८ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ६१ हजार सात सय ४६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड तीन लाख ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख ७५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार आठ सय ८६ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६२ हजार दुई सय ६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५५ हजार ८८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्

Comment


Related News

Latest News

Trending News