२०७७ पुष २१, मंगलवार ०७:१९

। जनकपुरधामलाई पर्यटीय हव बनाउने तिव्र तयारी थालिएको छ ।

जनकपुरधाम उप–महानगरपालिका तथा एनयुआरपीद्वारा आयोजिय जनकपुरधाम पर्यटन समन्वय समिति संचालन कार्यविधि तर्जुमा कार्यशाला गोष्ठी सोमवार जनकपुरधाममा सम्पन्न भएको छ । कार्यशाला गोष्ठीमा विभिन्न क्षेत्रका विशेषज्ञहरुवाट सुझाव संकलन गरिएको थियो । जनकपुरधामको सम्मुनत विकासकालागि पर्यटकीय हव बनाउनु पर्ने आवश्यक्तामाथि उपस्थितहरुले सुझाव दिएका थिए । जनकपुरधामको विकास निर्माण संगै पर्यटकीय विकासको अवधारणा सहित कार्यको थालनि भई सकेपनि कोरोना माहामारीका कार्यक्रमहरु गरि सुझावहरु भने संकलन गरिने कार्य गर्न सकिएको थिएन् । यहाँ रहेका भौतिक पूर्वाधार तथा मठ– मन्दिर, तलाउको सौन्दर्यीकरण गरि पर्यटन प्रवद्र्धन गर्नकालागि उप–महानगरपालिकाका मेयर लाल किशोर साहको पहलमा कार्यहरुलाई तिव्रता दिइएको छ ।

विगत तीन बर्षमा जनकपुरधाममा भएको विकास निर्माणले जनकपुरधाम फड्को मारेको भएपनि यहाँ पर्यटक कसरी ल्याउने र कसरी रोकेरा राख्न सकिन्छ त्यस अनुरुपनै जनकपुरधाम उप–महानगर कार्य गरि रहेको छ । खानेपानी मन्त्रलायवाट दुई सय १० अर्वको सौन्दर्यीकरणको बजेट संघ सरकारले टेण्डर रद्द गरि लगिएपछि यहाँ स्थानीय स्तरवाटै पर्यटन प्रवद्र्धन गर्नु एक मात्र विकल्प रहेको छ । तत्कालिन खानेपानी मन्त्री बिना मगरले सो रकम चितवनमा लगेको र जनकपुरधामको सौन्दर्यीकरणको सपना भने अधुरोनै राखि दिएको थियो । सो बजेट अनुसारको डिपिआर तयारी भई टेण्डर गरिएको थियो । तर, तत्कालिन मन्त्री मगरले भने सो बजेट फिर्ता लगेको थियो । जनकपुरधामको पर्यटकीय रुपमा विकास गर्नुपर्ने भाषण धेरै भएपनि तादरुकता भने देखाउन सकिएको थिएन् । केसरीया रंग अहिले जनकपुरधामको व्राण्डको रुपमा परिणत भएपनि यहाँ आउने पर्यटकलाई रोकेर राख्न सकिने अवधारणा भने अहिले सम्म नआउन सकेका कारण स्थानीय सरकारले त्यसलाई अवलम्वन गरि पर्यटन क्षेत्रमा कार्य थालेका छन् ।

जनकपुरधामको जानकी मन्दिर, गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउ लगायतका दर्जनौ पोखरी तथा तलाउ र यहाँ रहेका मठमन्दिर, मिथिला पेन्टिङ्ग, धनुषाधाम, नोचा पोखरी लगायत यस्ता दर्जनौ ठाउँहरु छन् जसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ । तर, संघ सरकारको उदाशिनताका कारण चाहेर पनि यस क्षेत्रहरुको जिर्नोधार हुन भने सकेको छैन् । सरकारले दिएको पैसा पनि फिर्ता लिएर जानु र बजेट विनियोजनमा जनकपुरधामलाई उपेक्षा गरेका कारण यहाँ पर्यटकीय विकासको सम्भावना भने भाषणमै आएर सिमित हुने गरेका छन् । सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा कसरी विकास गर्न सकिन्छ भने विषयमा सुझाव संकलन गरिएको र त्यसै अनुसार कार्यलाई अगाडी बढाइने भएको छ । जनकपुरधाम उप–महानरपालिका र एनयुआरपीले जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि तयार भएपछि जनकपुरधाममा पर्यटक आउने प्रचुर सम्भावना यथार्तमा बदल्न सक्ने उपस्थितहरुले बताएका थिए ।

जनकपुरधाम उप–महानगरपालिकाले दिगो अर्थिक तथा सामाजिक विकास, समावेशी र जनसहभागितामूलक प्रकृया, स्थानीय तह उपमहानगरपालिका, निजी क्षेत्र, र नागरिक समाज र समुदायलगायतका सबै सरोकारवालाहरूसंग सहकार्य, पर्यटकहरूकोलागि सेवाहरू गुणस्तरीय बनाउने, अवास, होटल, सञ्चार, वेवसाइट, ट्राभल विजनेशको प्रवद्र्धन, इको पर्यटन, पर्यटन पर्यायवरण लगायत विषयहरूमा योजनाबद्ध रणनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने अगामी रणनीति समेत बनाएको छ ।

Comment


Related News

Latest News

Trending News