अपडेट 
२०७७ पुष २१, मंगलवार ०७:३१

राजश्व अनुसन्धान विभागले आर्थिक अवस्था अत्यन्त कमजोर भएका व्यक्तिको नाममा फर्म खोली राजस्व छलेको अभियोगमा १० जनामाथि सोमवार अदालतमा मुद्दा दायर गरेकोछ ।

सर्लाही जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर ६ बस्ने प्रदीप साहको नाममा रहेका १३ वटा विभिन्न फर्मबाट ६४ करोड बढी राजस्व छलिएको आरोपमा विभागले मुद्दा दर्ता गरेकोछ । साहको आर्थिक अवस्था कमजोर रहेकोछ ।तर उनको नाउँमा १३ वटा विभिन्न फर्म दर्ता रहेकोछ ।ती फर्महरुबाट ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैया बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै सोमवार उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो । आरकेएम टे«डिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ । उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७४ देखि आव २०७५÷७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार ८ सय १ र आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार ८ सय ८९ तथा लाभांश ५ करोड २० लाख ४५ हजार ६ सय ९२ बराबरको चुहावट गरेको पाइएको छ । विभागले बिगो बमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ । भ्याट, आयकर र लाभांस छलि गरेको अभियोगमा राजस्व विभागले गत महिनापनि मुद्दा दायर गरेको थियो ।पछिल्लो पटक विभागले दायर गरेको मुद्दामा मुख्य अभियुक्त बनाइएका साहको आर्थिक अवस्था कमजोर रहेकोछ ।उनको नाउँमा फर्म दर्ता रहेपनि बैंकमा खाता भने अन्य व्यवसायीहरुको नाममा रहेकोछ । साह फर्मका मालिक कागजमा देखिएपनि वास्तविक कारोबारीहरु फरक व्यक्ती रहेको प्रमाण सहित मुद्दा दर्ता गरिएकोछ ।दुई आर्थिक वर्षमै ६४ करोड बढी राजस्व छलेको विभागले प्रमाण सहित फेला पारेकोछ ।

कमजोर आर्थिक अवस्था भएका र राजस्व सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुको नाउँमा फर्म दर्तागरि कारोबार गर्ने बाठा व्यवसायीहरु विभिन्न जिल्लामा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News