अपडेट 
२०७७ पुष २१, मंगलवार १२:४२

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएपछि विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै संरचनामा विभाजनको असर देखिन थालेको छ ।

अन्य प्रदेशजस्तै २ नम्बर प्रदेशमा पनि नेकपा विवाद उत्कर्षमा पुगेको छ । विवादकै शृंखलाको रुपमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको समूहले ओली पक्षीय मानिने प्रदेशसभा संसदीय दलका नेता सत्यनारायण मण्डललाई दलको नेताबाट हटाउने तयारी गरेको छ । स्रोतका अनुसार मण्डललाई पदबाट हटाउन आज संसदीय दलको बैठक बोलाइएको हो । मण्डलविरुद्द अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रदेश नम्बर २ मा नेकपाका ३२ प्रदेश सभा सदस्य छन् । जसमध्ये प्रचण्ड-नेपाल समूहमा १९ जना खुलेका छन् भने ओली समूहमा ११ जना समाहित भएका छन् । अन्य २ जना सांसदले भने अझै कित्ता प्रष्ट पारेका छैनन् । मण्डलविरुद्द उभिएका १९ जना एक ठाउँमा उभिँदा संसदीय दलमा ओली समूह स्पष्ट अल्पमतमा पर्ने देखिन्छ । ओली पक्षले भने संसदीय दलको अवस्था प्रचण्ड नेपाल समूहले आँकलन गरेजस्तो नरहेको दावी गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News