अपडेट 
२०७७ पुष २२, बुधबार ०७:५६

नेकपा प्रदेश २ को संसदीय दलको नेतामा सत्रुधन महतो सर्वसम्मतले चयन भएका छन् ।

प्रदेश २ मा नेकपा प्रमुख प्रतिपक्षी दल रहेकोले महतो दलको नेता भएसँगै प्रमुख प्रतिपक्षी दलको नेता स्वतः बनेका छन् । नेकपा संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई हटाएको थियो । नेकपाको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा नेकपा प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली समुहमा रहेका नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि महतो निर्विरोध दलको नेतामा चयन भएका हुन् । दलको नेता छनौट गर्न मंगलबार भएको निर्वाचन कार्यक्रम अन्तर्गत दिउँसो २ बजे सम्म मनोयन दर्ता र २ः४५ वज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो । तर, सो समय भित्र महतो वाहेक कसैले दलको नेतामा उम्मेदवारी नदिदा उनी निर्विरोध चयन भएको निर्वाचन संयोजक तथा प्रदेश सांसद जगत यादवले जनाए ।

महतोलाई दलको नेता चयन गर्न बहुमत सदस्य अर्थात १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् । प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद दलको बैठक र निर्वाचन प्रक्रियामा भाग लिएनन् । संसदीय दलका नेतामा चयन भएका महतोले नेकपाले संसदीय दलको नेतामा आफु निर्विरोध भएको पत्र समेत प्रदेश सभा सचिवालयमा बुझाई सकेको बताए । यता, ओली समुहका सांसद रामचन्द्र मण्डलले पार्टी विभाजनको क्रममा रहेकोले एक पक्षले आफ्नो दलको नेता चयन गरेकोमा कुनै आपति नहुने बताए ।तर औपचारिक रुपमा पार्टी विभाजन नै नभएको अवस्थामा हतारमा नेता छनौट गर्नु लोकतान्त्रिक प्रक्रियाको उपहास भएको उनले टिप्पणी गरे ।

‘अहिले नेकपा भित्रपनि हरुवाहरुको एक झुण्ड छ, ति झुण्ड प्रचण्ड–माधव नेपाल समुहमा लागेका छन्,’ उनले भने , वहुमत सदस्यले महतोलाई निर्विरोध दलको नेतामा चयन गरेकोले नेकपाको संसदीय दलको विधान अनुसार मंगलबारदेखि नेकपाको दलको नेता महतो भएको सभामुख सरोज कुमार यादवले बताए ।

Comment


Related News

Latest News

Trending News