अपडेट 
२०७७ पुष २२, बुधबार १२:४४

बुधबार नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार बढेर प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा चाँदीको भाउ ५ रुयैयाँले प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News