अपडेट 
२०७७ पुष २३, बिहीबार ०७:३०

लामो समयदेखि थन्किएको जनकपुर– जयनगर रेल्वे सेवा माघ महिनाभित्र संचालनमा आउने भएको छ ।

भारतबाट दुई वटा रेल खरिद गरिएको ४ महिना भईसक्दा पनि अहिले धनुषाको ईनर्वास्थित नेपाली स्टेशनमा थन्काएर राखिएको उक्त रेल अगामी माघ महिना भित्र जसरी पनि संचालनका ल्याउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दावी गरेका छन् । आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भईसकेकोले माघ महिनाभित्रै रेल संचालनमा आउने उनले बताए । रेल संचालनका लागि प्राविधिक तर्फका २६ जना कोर कर्मचारी भारतबाट, बाँकी करिव सय जना कर्मचारी नेपाल तर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको उनले बताए । प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भईसकको बताउँदै उनले भने,‘ जि टु जि प्रक्रिया भारतीय पक्षसँग प्याकेजमा सहमति भईसकेको छ, त्यसलाई मुर्तरुप दिन उक्त प्याकेज सहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाईसकेका छौ ।’ रेल ईन्जिनको सर्भिसिङग,रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिने लगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए ।

नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए । त्यसका लागि सडक विभागले पनि सकारात्मक रहेको उनले बताए । त्यसैगरि, समान्य प्रविधिक कर्मचारीको लागि विगतमा रेल्वेका काम गरेका पुराना ईच्छुक करिव ४०÷५० जना कर्मचारीलाई ६ महिनाको लागि करारमा नियुक्त गरि तत्काल रेल संचालन गरिने महाप्रबन्धक भट्टराईले बताए । भारतीय पक्षसँग भएको सहमति र नेपालको तर्फबाट आवश्यक पर्ने कर्मचारी भर्ना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा सहमतिको लागि पठाईसकेको उल्लेख गर्दै उनले भने,‘अब बस्ने मन्त्रिपरिषदबाट त्यो निर्णय भएलगतै रेल संचालनको काम सुरु हुन्छ, अव रेल संचालनको लागि कुनै समस्या हुदैन ।’ रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको मर्मत सम्भारको काम लगभग पुरा भईसकेको छ, उनले भने,‘ कहिकहि रंङ्गरोगनको काम बाँकी छ, त्यो पनि चाडै नै सम्पन्न हुन्छ ।’ रेल संचालनको लागि आवश्यक पर्ने अन्य टिकट, सप् mटवेयर समेत तयार भईसकेको उनले बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३ सयसम्म तोकिएको छ । त्यसैगरी, प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनले बताए। एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए। कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ । जनकपुर, मैनाथपुर र परवाहामा हल्ट रहेको छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ । स्टेशन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा उक्त दूरी तय गरिने जनकपुर– जयनगर रेल्वको साईट ईन्चार्ज विनोद ओझाले बताए ।

अर्वोको लगानि भएर पनि लामो समय सम्म रेल्वेलाई थन्काएर राख्न मिल्दैन,यसले राज्यलाई धेरै क्षति भईरहेको छ, महाप्रबन्ध भटृराईले भने,‘त्यसैले हामी सुरुमा करारमै कर्मचारी भर्ना गरेर रेल संचालनको तयारी गरेका थियौ । तर प्राविधिक समस्याको कारण सो पक्रियाबाट कर्मचारी भर्ना गर्न सकेनौ । त्यसैले अव लोक सेवा आयोगसँग सहकार्य गरि एकै चोटी स्थायी कर्मचारी नै भर्ना गर्ने प्रक्रिया सुरु गरेको छौ ।’ मौखिक परीक्षाको माध्यमले नै करारमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्ने विषयमा आह्वान गरिएको विज्ञापन ३२ हजार भन्दा बढीले आवेदन दिएका छन् । तर लोकसेवाले नै कर्मचारी छनौट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पुरा गर्न नै लामो समय लाग्ने भएकोले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेल्वेका काम गरेका पुरना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल सञ्चालनको तयारी भईरहेको उनले बताए । स्थायी कर्मचारीका लागि लोक सेवा आयोगले पुनः विज्ञापन गरेपनि अहिले करारका लागि आवेदन दिएकाहरुलाई पनि उक्त विज्ञापनमा समावेश गरिने उनले बताए ।

अहिले करारमा लागि आवेदन दिएकाहरुलाई पुनःआवेदन दिनुपर्दैन, उनले भने,‘उनीहरुले दिएको आवेदन हामीले नै लोक सेवा आयोगमा बुझाउछौ र त्यही अधारमा लोकसेवाले उनीहरुसँग पनि परीक्षा लिन्छ ।’ कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको रेल प्रतिघन्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताईएको छ । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकता अनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने ईन्जिनियर ओझाले बताए ।

Comment


Related News

Latest News

Trending News