अपडेट 
२०७७ पुष २३, बिहीबार ०७:५४

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ स्थित को.मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।

आफ्नै पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही वडामा पक्की भवनको वडा कार्यालय पनि निर्माण हुने निश्चित भएको छ । एक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ती दुबै भवन निर्माणको बुधबार एक कार्यक्रमबीच राष्ट्रियसभाका सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका छन् । संघीय सरकारको बजेटबाट बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा तिलाठी कोइलाडी गाउँपालिकाको बजेटबाट वडा कार्यालय भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् । आफ्नै गामठाममा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुन लागेको खबरले सो गाउँपालिका तथा आसपासका बासिन्दामा खुशियाली छाएको छ ।

Comment


Related News

Latest News

Trending News