अपडेट 
२०७७ पुष २३, बिहीबार ०८:०५

लहान । सिरहाको गोलबजार नपा ६ डोहटीयामा एक किशोरको शव फेला परेको छ ।

गोलबजारमा रहेको सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत गोलबजार नपा १२ हरिपुरका किशोर सिंहका १७ वर्षिय छोरा आनन्दको शव फेला परेको हो । उनी गोलबजारमै डेरा लिएर बस्दै आएको बताइएको छ । मंगलबार परीक्षा दिएर दिउँसो साथीलाई पुर्याउन गएका उनी राती डेरा नफर्केपछि खोजतलास गरेका थिए । घरपरिवारले खोजतलास गरेपनि फेला नगरेपछि विहानै इलाका प्रहरी गोलबजारमा जानकारी गराएको थियो । विद्यालय पोशाकमै रहेका घटनास्थलमा नजिकै साइकल, व्लेड र किटनाशक विषादी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार घटना शंकास्पद रहेपनि अहिले नै केही भन्न नसकिने जनाएको छ । शव दिउसो फेला परेपनि हत्या भएको भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन् । प्रहरीले बल प्रयोग गरी शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लगेको छ ।

उनका आफन्तले आशंकाको आधारमा व्यक्ति नै किटान ठाडो निवेदन दिएपनि घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रकृया अगाडी बढाई सकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम पौडेलले शर्माले जानकारी दिए । उनी दुई वर्ष अघि पनि अपहरणमा परेको जनाएको छ । अपहरणमा परेपनि उनी आफै भारतबाट अपहरणकारीको चङ्गुलबाट भागेर आएको बुवा किशोर सिंहका बताइएको छ ।

Comment


Related News

Latest News

Trending News