अपडेट 
२०७७ पुष २४, शुक्रबार ०६:५७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत यो जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा भएका घटनाबाट ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणमा बाधा पुर्याउन चाहन्छन् भन्ने स्पष्ट भएको जुकरबर्गले बताएका छन्। ट्रम्पले हिंसात्मक प्रदर्शनमा उत्रिएका आफ्ना समर्थकको निन्दा गर्नुको साटो स्याबासी दिन फेसबुकको प्रयोग गरेको उनको भनाइ छ। फेसबुकले बिहीबार ट्रम्पको एउटा पोस्ट हटाइदिएको थियो।

अब नयाँ राष्ट्रपतिले सत्ता नसम्हालेसम्म ट्रम्पले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने भएका हुन् ।

Comment


Related News

Latest News

Trending News