२०७७ पुष २४, शुक्रबार ०७:२०

समाजिक विकास मन्त्री नवल किशोर साहले सामुदायिक विद्यालयबाट सरकार आउटपुट र गुणस्तरीयता चाहेको बताएका छन् ।

उनले निजी विद्यालयहरुको तुलनामा सामुदायिक विद्यालयहरुको गुणस्तरीयता उच्च हुनु पर्ने बताए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) प्रदेश २ कार्यालयले बिहीबार जनकपुरधाममा आयोजना गरेको आंगिक साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा(टेक्स) विद्यालय तथा निजी स्तरमा संचालित शिक्षण संस्थासंग शुल्क पूर्वाधार सम्बन्धी एक दिने समन्वयात्मक ÷ विचार ÷ अन्र्तक्रिया अभिमुखिकरण गोष्ठीमा मन्त्री साहले सरकारले सामुदायिक विद्यालयमा करोडौं लगानी गरेपनि विद्यार्थी र अभिभावकको चाहना निजी विद्यालयमा हुनु दुःखद रहेको बताए । उनले विद्यालयमा बालबालिका आउन चाहेपनि शिक्षकहरु पठनपाठन गराउन हिचकिचाउने गरेको गुनासो पनि धेरै आएको बताए । उनले भने– ‘विद्यालयहरुमा शिक्षकले पनि आफ्नो आचरणमा सुधार ल्याउनुको साथै सामुदायिक विद्यालयहरुमा गुणस्तरीयता कायम गर्नमा शिक्षकहरुले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उप–महानगरपालिका अन्तर्गत रहेको विद्यालयहरु मध्ये तीनवटा विद्यालयमा प्राविधिक शिक्षा लागु भएपनि त्यो पर्याप्त नभएको बताएका थिए । उनले तीनवटा विद्यालयमा इन्ट्रान्सको बेला विद्यार्थीहरुको चाप हेरेर यहाँको हरेक विद्यालयहरुमा प्राविधिक शिक्षा लागु गर्नुपर्ने बताएका थिए । उनले निजी विद्यालयहरुमा पठनपाठन गराउन पर्याप्त पैसा खर्च भएपनि सामुदायिक विद्यालयका शिक्षकहरु इमान्दार नभइदिदा पठनपाठन प्रभावकारी हुन नसकेको भन्दै शिक्षकहरुलाई इमान्दार हुन आग्रह गरेका थिए । उनले भने–‘निजी विद्यालयहरुले कम पैसा दिँदा त्यहाँ शिक्षकहरु बढी मिहिनत गर्ने तर, सामुदायिक विद्यालयमा बढी तलव दिदा त्यहि शिक्षकलाई अपुग हुनु र बैकल्पिक बाटोहरु अपनाउनु दुःखद हो ।’

Comment


Related News

Latest News

Trending News