अपडेट 
२०७७ पुष २४, शुक्रबार १४:४०

अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक जना प्रहरीको ज्यान गएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिलासहित ४ जनाको ज्यान गएको थियो । प्रहरीकाअनुसार एक जना संसद भवनभित्र र अरु ३ जनाको संसद भवनको बाहिर ज्यान गएको थियो । क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । भीड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएकोमा प्रहरीले दुः ख व्यक्त गरेको छ ।

Comment


Related News

Latest News

Trending News