२०७७ पुष २५, शनिबार ०९:४५

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने गर्दैछ । पार्टीको केन्द्रीय कार्यसमितिको पुस १९ गते बसेको बैठकको निर्णयअनुसार कांग्रेसले आजदेखि दास्रो चरणको कार्यक्रम सुरु गर्न लागेको हो ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । आज देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीयता र लोकतान्त्र नै धरापमा परेको, मुलुकलाई अस्थिरता, अराजकता र असफलतातर्फ लैजाने ठहर गर्दै कांग्रेस त्यसविरुद्ध आन्दालनमा उत्रिएको हो । देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने प्रवक्ता शर्माले बताए ।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६ हजार ७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

Comment


Related News

Latest News

Trending News