अपडेट 
२०७७ पुष २६, आईतवार ०७:३०

विश्वभरमा ६ करोड ४४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा ६ करोड ४४ लाख ४३ हजार ४२५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड २२ हजार ८८० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ३३ हजार १८८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३६ लाख ४६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड २६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १३ लाख ७७ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ८१ हजार १३६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ४ लाख ५१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ७५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५१ हजार ४८ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६४ हजार पाँच सय २१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५७ हजार ९२८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९१२ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News