अपडेट 
२०७७ पुष २६, आईतवार ०७:३६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले झुट, अहंकार, घमण्डको दोश्रो नाम केपी शर्मा ओली रहेको टिप्पणि गरेका छन् ।

असंवैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गरी मुलुकलाई संकटमा ओलीले संकटमा धकेलेको छ, अध्यक्ष नेपालले भने, ‘संसद् विघटन गरी आफू नै प्रधानमन्त्री रहिरहेको भन्नु ओलीको घोर आपत्तिजनक, गैर संवैधानिक कदम हो ।’ .कामचलाउ प्रधानमन्त्री ओलीको जुनसुकै बेला पदच्यूत हुन सक्छ, उनले भने । नेकपा दहाल–नेपाल समुहले सिरहाको बस्तीपुरमा आयोजना गरेको जयगोविन्द साहको ३१ औं स्मृति सभा सम्बोधन गर्दै अध्यक्ष नेपालले कामचलाउ प्रधानमन्त्रीको पद कुनै बेला गुम्न सक्ने चेतावनि दिए । ओलीलाइ कुनै संवैधानिक अधिकार नरही काम चलाउ मात्र भएको बताए । बहुमत केन्द्रीय सदस्यले ओलीलाई कार्वाहीमा परिसकेकाले पार्टीको केन्द्रीय सदस्य मात्रै रहेको बताउदै संसद् पुनस्र्थापना गरेर ओलीलई अझै सुध्रिने मौका रहेको बताए । संसद् पुनस्र्थापना गरेर सुध्रिए पार्टीले ओलीलाई गरेको गल्ति माफ गरिदिने नेपालले बताए ।

ओली भष्मासुर, दुर्योधन र दुशासन प्रवृतिको भएको छ , नेपालले भने, ‘भष्मासुर प्रवृतिका ओलीको छिट्टै आफूहरुले भष्म गरिदिने छौ । ’ प्रधानमन्त्री ओली गणतन्त्र, समाजवाद विरोधी रहेको बताउदै नेपाल कम्युनिष्ट पार्टीमा बढेको अराजकाता र अनुशासनहिन नेताहरुलाई कार्वाही गरेर नेकपालाई सहि कम्युनिष्ट पार्टी बनाउन लागेको अध्यक्ष नेपालले बताए । सरकार र पार्टीमा अल्पमतमा परेपछि ओलीले रीस र आक्रोसको लहडमा संसंद विघट्न गरेर असंवैधानिक चलेको कदमको विरोधमा देशैभरिका इमान्दार नेता कार्यकर्ताहरु दहाल–नेपाल नेतृत्वको नेकपाको पक्षमा रहेको नेपालले बताए । ४४१ केन्द्र कमिटिका सदस्यहरुमा ३५० जना आफूहरुलाई साथ दिएको र संसदभित्र पनि बहुमत सदस्य ९५ जनाले हस्ताक्षर गरेकोले केपी ओली न नेकपाको अध्यक्ष दावी गर्न मिल्छ, न प्रधानमन्त्रीको कुर्सीमा बस्ने हक छ , नेपालले भने । देशैभरिका नागरिक समाजका अगुवा, नेता, पूर्व नयाधिशहरु र सचेत नेपाली जनताहरु संसद विघट्नको विरोधमा सडक आन्दोलनमा आइसकेकोले केपी ओलीको प्रतिगमन धेरै दिनसम्म नचल्ने नेपालले बताए ।

जनताको भावना अनुसार प्रचण्ड र नेपाल नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्य चिन्ह समेत रहने कार्यकर्तालाई विश्वास दिलाउदै कसैले भ्रम पार्न खोजिए पर्तिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए । किसान आन्दोलनका अगुवा जय गोबिन्द साहले सिरहा धनुषा, महोत्तरी , सर्लाही लगायतका जिल्लाहरुमा किसान मजदुरको पक्षमा पञ्चायत कालमा सहासी कार्य गरेको नेपालले बताए । नेता साहसँग २०३५ सालमा भरात विहारको दरभंगामा पहिलो पटक भेट भएपनि २०३२ सालमा सिरहाको विष्णुपुर कटि अम्बासमा भएको नेकपा एमालेको चौथो महाधिवेशनमा समेत जय गोविन्द साहको चर्चा भएको नेपालले स्मरण गरे । पुर्व शिक्षा मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले संविधान डेन्जर जोनमा रहेकाले प्राप्त भएका उपलब्धी समेत गुम्ने खतरा रहेको बताए । प्रतिगामी कदम विरुद्ध सबै एकाकार भएर आन्दोलनमा जानुको विकल्प नरहेको पोखरेलले बताए ।

पोखरेलले वर्गीय आन्दोलन र कम्युनिष्ट जिवन शैली भएका जय गोविन्द साहको जीवनबाट सिक्नुपर्ने भन्दै वर्षमा एक दिन फूल माला र प्रशंसा गरेर मत्रै नपुग्ने बताउदै साहको जीवनशैलीलाई व्यवहारमा उतानुपर्नेमा जोड दिए । किसान आन्दोलनका शिल्पी नेताको रुपमा परिचित जय गोविन्द साहको ३१ वर्ष अगाडि भारतमा मृत्यु भएको थियो । जय गोविन्द साह पञ्चायत विरुद्ध गतिविधि गरेको भन्दै त्यतिबेलाका निरंकुश राजतन्त्रले भारतबाट उनको लास समेत नेपाल भित्र्याउन दिएका थिएनन् । नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. २ का सह इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा सम्पन्न स्मृती सभामा नेकपाका केन्द्रीय नेताहरु रामचन्द्र झा, धर्मनाथ साह, रामकुमार यादव, हरिनारायण चौधरी, अजय शंकर नायक लगायतका नेताहरुको सहभागि भएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जयगोविन्द साहले किसान र वर्गीय आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News