अपडेट 
२०७७ पुष २६, आईतवार ०७:४१

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सनकी तानाशाह रहेको आरोप लगाएका छन् ।

राजा रजौटा गए नयाँ राजाको रुपमा केपी ओली उदय भएको उनले टिप्पणी गरेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघको ५४ औं सधारणसभालाई सम्वोधन गर्दै उनले तानाशाही ठंगले मनोमानी गर्नेलाई जनताले दण्डित गर्नुपर्ने आवश्यक रहेको बताए । उनले भने–‘मुलुकवाट जनताले राजालाई लखेटे भने केपी ओली को हो ? जनताले लखेटेरनै छाड्ने छ ।’ केपी ओलीलाई प्रतिगमन गर्न फुर्सद नरहेको बताउँदै वरिष्ठ नेता महतोले मुलुकको विकास उनको ध्यान नरहेको आरोप लगाए । पुस २७ गते जनकपुरधाममा केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा हुने विरोध सभामा सहभागी हुन उनले सवैलाई आग्रह गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद परमेश्वर साहले प्रदेश २ को नामाकरणको अडचन भनेको नेपाली काँग्रेस र नेकपा रहेको बताएका थिए ।

उनले प्रदेशको नामाकरण र स्थायी राजधानीकालागि दुई तिहाई आवश्यक रहेको र जसपा संग दुई तिहाई नरहेकै कारण अहिले सम्म कार्यले अन्तिम दिशा नपाएको बताएका थिए । उनले यस प्रदेशमा उद्योग स्थापना गर्नेलाई तीन दिन भित्र स्वीकृति दिनुका साथै २० बर्ष सम्म कर नलिने कानुन प्रदेश सरकार ल्याई सकेका कारण उद्योगी व्यवसायीहरुलाई तादरुकताका साथ उद्योग स्थापना गर्नकालागि आग्रह गरेका थिए । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामलाई पर्यटकीय हव बनाउनकालागि उप–महानगरपालिका कार्य थालि सकेको जानकारी दिएका थिए । उनले जनकपुरधामको विकास निर्माण लगायतमा भएको आमुल परिवर्तन सवै सामु रहेकै र अगामी दिनमा यहाँ पर्यटक उद्योग कसरी सञ्चालन गर्न सकिन्छ त्यस तिर ध्यान केन्द्रीत गर्नकालागि उद्योगी व्यवसायीहरु संग आग्रह गरेका थिए ।

कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर रीता झाले आफुहरुका कारण यहाँका व्यवसायीहरुले धेरै दुःख पाएको बताएकी थिइन् । उनले सडक फराकिलोको समयमा यहाँका व्यवसायीहरुले आफ् नो व्यवसाय बन्द गरि स्वेच्छाले आफ्नो घर भत्काई सडक फराकिलो गर्नमा गरेको महत्वपूर्ण भूमिका जनकपुरधाम उप–महानगरपालिकाले स्वर्णिम अक्षरमा लेख्दा पनि कम हुने बताएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News