प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाण्डुमा शनिवार धोती जुलुस निकालिएको छ ।
नेकपा नेता योगनारायण यादवको नेतृत्वमा निकालिएको जुलुसमा नेता कार्यकर्ताहरुले धोती लगाएर अर्धनग्न अवस्थामा काठमाण्डुको चिसोमा जुलुस निकालिएको छ । मधेशमा आन्दोलन भएको वेला मधेशी जनतालाई आपँ र काले संज्ञा दिएका केपी शर्मा ओलीलाई आज काले मधेशी धोतीको आवश्यकता परेको भन्दै मधेशमा उनको आलोचना हुन थालेको छ । केपी शर्मा ओली संघीयता विरोधी रहेको भन्दै उनकै पार्टीका अर्का प्रचण्ड–नेपाल गुट, जनता समाजवादी पार्टी र नेपाली काँग्रेस लगायतका पार्टी उनी विरुद्ध अहिले सडक तताई रहेका छन् भने उनका पक्षधर पनि सडकमा उनको समर्थनमा उत्रेका छन् ।
ऋतिक रोशन काण्ड हुँदा काठमाण्डुमा माडवारी समुदयले सद्भाव कायक राख्नकालागि धोती जुलुस निकालेका थिए भने केहि दिन यता मधेश सम्वन्धित संघ संस्थाहरुले धोती जुलस निकालेपनि पहिलो चोटी नेकपाको तर्फवाट धोती जुलुस निकालिएको हो । नेकपा पार्टीमा धोती शव्द मधेशी जनतालाई होच्याउने हिसावल लिने गरेका छन् तर आज धोतीले आफ् नो अस्तित्व बचाउनकालागि प्रम ओलीका पक्षधरहरुले जुलुस निकालेको विश्लेषकहरु बताउँछन् ।


