अपडेट 
२०७७ पुष २६, आईतवार ०७:५४

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सहकारीतालाई मुल मर्म बनाउन आग्रह गरेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका–२० देवपुरा रुपैठामा अम्वेडक बचत तथा ऋण सहकारी संस्थाको ९ औं सधारणसभालाई सम्वोधन गर्दै मेयर साहले सहकारीताले परिवर्तनमा सहजता हुने भएकाले सहकारीता अपरिहार्य रहेको बताएका छन् । उनले मुलुकमा सहकारीको अवधारणानै परिवर्तनकोलागि ल्याइएको बताउँदै सहकारीको मर्मलाई बुझियो भने मात्रै सहकारीवाट परिवर्तन ल्याउन सकिने बताए । उनले भने–‘सहकारी जिवन उपयोगी मात्रै नभई ठूल ठूला समस्या समाधान सहकारीवाट हुन सक्छ ।’ समान्य रुपमा हेरियो भने सहकारी केहि नरहेको तर, विश्वका ठूल ठूला देशमा ठूल ठूला परिवर्तन गरिएको उनले उदाहरण समेत प्रस्तुत गरेका थिए । गाउँ गाउँमा सहकारी खुलेकै कारण अहिले मिटर व्याजीहरुको अवस्था कमजोर भएको र समान्य परिवारका मान्छेमा ऋणको भार कम भएको उनले बताए ।

समान्य कामकालागि पनि साहुवाट ऋण लिनुपर्ने अवस्था थियो तर, अहिले सहकारीले कम व्याजमा ऋण दिने गरेकोले जे जति भएपनि परिवर्तन भएको र विस्तारै विस्तारै परिवर्तन हुँदै जाँदा मात्रै पछि गएर ठूलो परिवर्तन भएको महसुस हुने गरेको उनले बताए । भाषणमा जे मन लागे बोल्नेहरुको बोलाइमा नगई कसले के गर्यो आफ्नो विवेकले मुल्यांकन गर्न उनले आग्रह गरेका थिए । साहुको ऋण राम्रो कि सहकारीमा समान्य बचत गरेर आफ्नो समस्या समाधान गर्न सकिन्छ त्यस तिर लाग्न उनले आग्रह गरेका थिए । उनले सहकारीको माध्ययमवाट शिक्षा क्षेत्रमा पनि लगानी गर्नकालागि अम्वेडकर बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गरेका थिए । मेयर साहले देवपुरा रुपैठामा दुईवटा माध्यमिक स्तरको विद्यालय भएपनि साइकल वितरण गर्न आउँदा धेरै दुःखी बनाएको बताए । उनले भने–‘हामीले साइकल वितरण गर्न आउँदा यहाँ दलित र मुस्लिमको संख्या धेरै भएपनि त्यस अनुपातमा विद्यार्थी संख्या थिएन् ।’

विद्यालयमा बालबालिकालाई भर्ना गराउनुस पठन पाठनको व्यवस्था म गर्छु उनले भने । २०६९ सालमा विधिवत दर्ता भई सञ्चालनमा आएका अम्वेडक बचत तथा ऋण सहकारी संस्था गत आर्थिक बर्षमा असाढ सम्म शेयर पुँजी ६ लाख १५ हजार ९ सय, कुल निक्षेप संकलन १ करोड ९ लाख ८५ हजार ४ सय ३८ रहेको छ भने ६४ लाख ८१ हजार ४ सय ८२ रुपैयाँ ऋण असुली भएको जनाएको छ । त्यस्तै व्याज ७ लाख ७० हजार ३ सय ५३ रुपैया प्राप्त गरेको छ भने ८८ लाख १४ हजार ऋण लगानी गरेको छ भने १ करोड ११ लाख १७ हजार ९ सय ८ रुपैयाँ निक्षेप फिर्ता भएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News