अपडेट 
२०७७ पुष २६, आईतवार ०७:५८

नेपाली कंग्रेसका केन्द्रिय सदस्य एबम पुर्व बताबरण मन्त्री हेमराज तातेडले ईतिहाँसकै असफल प्रधानमन्त्री केपि ओलि रहेको बताएका छन ।

नेपाली कंग्रेस सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क क्षेत्रीय समितिद्वारा सप्तरीको महुलीमा शनिबार प्रधानमन्त्री केपि ओलिको असंवैधानिक कदमको विरुद्धमाआयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । बिरोध सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री तातेडले नेपालको ईतिहासमा काम गर्न नसक्ने प्रधानमन्त्रीको कंलकको टीका ओलिले लगाएको बताए । नाच्न नजान्ने आँगन टेढो भने जस्तो भयो पुर्व मन्त्री तातेडले भने, देश चलाउने क्षमता प्रधानमन्त्री ओलिमा देखिएन । सरकार चलाउन नसकेर प्रधानमन्त्री ओलिले आबेगमा आएर असंवैधानिक कदम चालेको नेता तातेडले बताए । ओलिको प्रतिगामी, अलोकतान्त्रिक र निरङ्कुशताको विरुद्ध काँग्रेसले संघर्षलाई जारी राख्ने तातेडले उदघोष गरे । नेपाली काग्रेसका नेता तथा पुर्व राज्यमन्त्री राम कुमार चौधरीले प्रधानमन्त्री केपि ओलिले देशलाई प्रतिगमन तर्फ उन्मुख गरेको आरोप लगाए । संबिधान सभा सदस्य डा. सुबोध पोखरेलले प्रतिनिधि सभा पुनर्स् थापना नभए सम्म आन्दोलन जारी रहने बताए ।

अर्का संबिधान सभा सदस्य मुन्नी गुप्ताले संबिधानको उल्लंघन गर्ने प्रधानमन्त्री केपि ओलि र रास्ट्रपति भण्डारी राष्ट्रघाती भएको आरोप लगाए । नेपाली काँग्रेस सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापति पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित बिरोध सभामा जिल्ला उप सभापति भुवन आचर्य, जिल्ला सदस्य चन्द्र शेखर चौधरी लगायतका ले सम्बोधन गर्दै ओलिको प्रतिगमनकारी कदमको बिरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए । पार्टीका क्षेत्रीय सचिब कृष्णा ढकालद्वारा संचालित कार्यक्रममा स्वागत नेता दुर्गा भट्टराईले गरे । यश अघि प्रधानमन्त्री ओलि मुर्दाबाद, राष्ट्रपति बिधा भण्डारी मुर्दवाद, नेपाली काँग्रेस जिन्दावाद, संसद विघटन फिर्ता गर,प्रतिनिधि सभा पुनरस्थापना गर लगायतका चर्का नाराबाजी गर्दै बजार परिक्रमा गरि बिरोध सभाको आयोजना गरेको नेता तेज नारायण यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News