अपडेट 
२०७७ पुष २६, आईतवार ०८:०२

रौतहट । नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले रौतहटको ८ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिवार प्रदर्शन गरेका छन् ।

पुष ५ गतेका दिन नेकपा नेतृत्वका सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस , जनता समाजवादी पार्टी नेपाल , नेकपा प्रचण्ड–नेपाल समुह लगायतका राजनीतिक दल विरोधमा होमिएका हुन् । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले घोषणा गरेको ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गर्ने कार्यक्रम अन्तर्गत कांग्रेसले प्रदर्शन गरेको हो । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ , २ को ‘क’ र ‘ख’ ,३ को ‘क’ र ‘ख’ तथा निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ र ‘ख’ मा छुटा छुटै कार्यक्रम आयोजना गरि सरकारको विरोध गरेको हो । पार्टील े घोषणा गरेको कार्यक्रम अनुसार आयोजना गरिएको विरोध सभामा कांग्रेसका नेताहरुले वर्तमान सरकार सर्वसत्तावाद ,तानाशाह , अधिनायकवाद भएको आरोप लगाएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को ख विधान सभामा भएको विरोध सभामा सम्वोधन गर्दै पार्टीका जिल्ला सभा पति कृष्ण प्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जिया उडाएको टिप्पणी गरेका छन् ।

कम्युनिष्टको शासन लादने उद्देश्य बोकेका प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कानुनको खिल्ली उडाएको आरोप लगाउदै लोकतन्त्र नै समाप्त पर्ने खेल खेलेको दावी गरे । ओलीको असंवैधानिक कदम को न्यायपालिकाले उल्टाउने विश्वास व्यक्त गर्दै सभापति यादवले न्यायपालिकाको निर्णयको स्वागत गर्दै कांग्रेस निर्वाचनमा समेत जाने बताए । निर्वाचन क्षेत्र नम्बर २ को ख प्रदेश सभामा आयोजित कार्यक्रममा परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रजातन्त्रको स्थापना देखि संघीय लोकतान्त्रिक गणतन्त्रको बहाली सम्म नेपाली कांग्रेसको भूमिका रहेकोले ओली नेतृत्वको सरकारको अन्त्य पनि कांग्रेसले नै गर्ने बताए । उहाले देशलाइ जोगाउने एक मात्र राजनीतिक पार्टी कांग्रेस रहेकोले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा समेत गरे । नेपाली कांग्रेसका पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाले माओवादीलाइ मुलधारमा ल्याएर देशमा शान्ति स्थापना गरेको थियो भने स्वर्गीय पुर्व प्रधानमन्त्री शुशिल कोइरालाले नया संविधान जारी गरि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापित गरेको जिकिर मेयर वकिलले गरे ।

प्रदेश २ सरकार माथि आक्रोश व्यक्त गर्दै मेयर वकिलले प्रदेश सरकारको विकास कागजमै सिमित भएको आरोप लगाए । कार्यक्रममा प्रदेश सभा प्रत्यासी रामचन्द्र गिरीले वर्तमान सरकार भ्रस्टचारी रहेको आरोप लगाए ! कोरोनको नाउमा अर्वौ रुपैया अनियमिता गरेको नेकपा सरकारको अवधिमा हत्या ,बलात्कारको घटना मा वृद्धि भएको बताए । बलात्कार पछि हत्या गरिएका निर्मल पन्तको परिवारलाइ न्याय दिलाउन नसकेका सरकारले संविधानको मूलमर्म सिधान्तलाइ बेवास्ता गर्दै संसद विघटन गरेर निरंकुशता देखाएको आलोचना गरे । त्यस्तै रौतहट निर्वाचन क्षेत्र ४ को ख प्रदेश सभा अन्तर्गत गरुडामा आयोजित विरोध सभामा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिन्नाले सरकारको कदम अलोकतान्त्रिक असंवैधानिक भएको टिप्पणी गरेका छन् । संघियता र लोकतन्त्रलाइ समाप्त पर्ने उदेश्यले गरिएको संसद विघटनको कदम अलोकतान्त्रिक रहेको दावी गरे ।

जनताले दिएको जनमतको कदर नगरेका नेकपाका सरकारले पार्टी भित्र देखिएको चरम विबादको कारण संसद विघटन गरेको बताउदै सर्वोच्च अदालतबाट जनताको भावनाको सम्मान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा वृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही राय यादव , गढि़माइ नगरपालिकाका मेयर श्याम प्रसाद यादव , गरुडा नगरपालिकाका उपप्रमुख रंगिला देवी जैसवालले आ आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News