अपडेट 
२०७७ पुष २६, आईतवार १८:२३

नेपालमा आइतबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप २५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १२६ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका मध्ये काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जना रहेको उहाँले बताउनुभयो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा १९ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएको उहाँले बताउनुभयो । त्यस्तै थप ५१३ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा २ लाख ५८ हजार ४११ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।हाल नेपालमा चार हजार ४ सय २२ जना आइशोलेशनमा छन् भने २५७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ८२ हजार २४६ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News