२०७७ पुष २७, सोमबार ०७:३९

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार सर्लाहीको क्षेत्र न. ३ ले चक्रघट्टामा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक किसिमले संघीय संसद विघटन गरेको विरोधमा चक्रघट्टा गाउँपालिकामा प्रदर्शन गरिएको हो ।

संसद विघटन ,सर्वसत्तावाद र प्रतिगमनकारी कदमको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि जिल्ला कार्य समितिले निर्णय गरेर खटाएका प्रतिनिधिहरु मार्फत सर्लाहीको क्षेत्र न.१ को प्रदेश क्षेत्र (क) स्थित चौलिखा बजार, (ख) मा नवलपुर, क्षेत्र न. २ को (क) मा पर्सा गाउँपालिका, (ख) मा कौडेना यस्तै क्षेत्र न.३ को (क) मा हरिवन तथा क्षेत्र न. ४ को (क) मा धनकौल र (ख) मा मधुवनीमा एकैसाथ प्रदर्शन गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले जानकारी दिए ।

ती सबै स्थानमा वृहत र्याली र कोण सभा गरिएको जिल्ला सभापति रायले बताए । चक्रघट्टामा भएको र्याली तथा प्रदर्शन कार्यक्रममा पार्टीका जिल्ला सभापति राय,पुर्व सांसद हरेश महतो,बिनोद खनाल,अशोक खनाल,कृष्णदेव यादव रामजी प्रसाद साह लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको स्थानीय किशन कुमार साहले जानकारी दिए । आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले माघ ३ गते प्रत्येक पालिका र ८ गते सबै वडाहरुमा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News