अपडेट 
२०७७ पुष २७, सोमबार ०७:४५

धनुषामा आइतवार दुई ठूला नेता विमलेन्द्र निधि र राजेन्द्र महतोको कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका उप–सभापति निधिको जनकपुरधाम उप–महानगरपालिका–१३ मा शहीद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रम थियो भने जसपाका वरिष्ठ नेता महतोको देवडिहामा डा. लक्ष्मी नारायण सामुदायिक भवनको उदघाटन कार्यक्रम थियो ।

तर जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप– महानगरपालिका–७ का वडाध्यक्ष ेवडिहा नगई वडा १३ मा रहेको निधिको कार्यक्रममा सहभागी भएपछि यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ । जानकी राम साह राष्ट्रिय जनता पार्टी (राजपा)वाट शरत सिंह भण्डारीको कोटावाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य बनेका थिए । केन्द्रीय सदस्य बनेको दुई महिना नवित्दै आफ्नै पार्टीका वरिष्ठ नेता महतो प्रमुख अतिथि रहेका कार्यक्रममा नगई उनले निधिले उदघाटन गर्ने कार्यक्रममा सहभागी भएका छन् ।

पहिला देखिनै उनी काँग्रेसमा जाने चर्चा रहेपनि आइतवार उनले प्रष्ट पारेका छन् । हुन त जनता समाजवादी पार्टीले आयोजना गर्ने कार्यक्रमहरुमा उनी सहभागी हुँदै आएका छन् तर उनी निधिको निकट रहेको स्रोतको भनाई छ । जानकी राम अगामी निर्वाचनमा मेयरमा लड्ने तयारी गरि रहेको भएपनि जसपावाट टिकट नदिइए काँग्रेस तिर उम्कने प्रवल सम्भावना छ । जानकी रामको क्रियाकलाप भने जसपाको विपरीत रहेपनि अहिले सम्म उनलाई जसपाले भने कारवाही गर्न सकेको छैन् ।

तर, जसपा स्रोका अनुसार जानकी रामलाई केन्द्री तहका नेताहरुको आँखामा रहेको र कारवाही प्रक्रिया समेत अगाडी बढाउन सकिने छ ।

Comment


Related News

Latest News

Trending News