अपडेट 
२०७७ पुष २७, सोमबार ०७:५५

दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशका विभिन्न स्थानमा विविध कार्यक्रममा साथ मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मनुभएका शाहकालिन राजा पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप उहाँको स्मरण गर्न लागिएको हो ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अभियन्ताको रुपमा सम्झने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोरा शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News