अपडेट 
२०७७ पुष २७, सोमबार ०७:५९

विश्वभरमा ६ करोड ४७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा ६ करोड ४७ लाख ८८ हजार ६६३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ६ लाख ६३ हजार ६०७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ४२ हजार ३९६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३९ लाख ३२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड २९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ३४ लाख ७३ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ८३ हजार २३६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।भारतमा हालसम्म एक करोड ४ लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ९२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५१ हजार १९८ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ६४ हजार ७८० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५८ हजार ४४१ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News