अपडेट 
२०७७ पुष २७, सोमबार ०८:२०

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीले प्रतिगमनको सुरुवात संविधान निमार्ण देखी नै सुरु गरेको आरोप लगाएका छन । ओली भनेको प्रतिगमन हुन्छ बुझ्दा पनि हुने उनले बताए । धनुषाको देवडीहामा आइतवार डा.लक्ष्मीनारायण सामुदायीक भवन उदघाटन कार्यक्रममा सम्वोधन गर्दै नेता महतोले केपी ओलीको टोली रक्तरञ्जीत संविधान निर्माण गरेर प्रतिगमन माथि प्रतिगमन गरेको आरोप लगाए ।

उनले संविधानमा उल्लेख समेत नभएका कुरालाई टेकेर ‘कु’ गरेको टिप्पणी गरे । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएपनि संसद विघटन गरेर प्रतिगमन गरेको आरोप लगाए । उनले भने–‘ अहिले नेपाल राष्ट्र निमार्णको क्रममा रहेकोले यसलाई सबैले मिलेर हातेमालो गर्नु आवश्यक छ, यस्तो परिस्थितिमा देशलाई वर्वाद गर्ने अधिकार उनीसंग छैन् ।’ ओली, प्रचण्ड र कोइरालाले मधेशसंग पहिला देखिनै गद्दारी गर्दै आएको वताउदै उनले मधेशी मोर्चा संग भएको आठ वुंदे समझदारीलाई रद्दीको टोकरीमा फाल्दै मधेशी जनतामाथि गोली चलाई जवरदस्ती अधुरो संविधान लादे र त्यसलाई पनि अहिले दाहसंस्कार गरेको उनले बताए । थारुले आफनो अधिकारका लागि आन्दोलन गर्दा अहिले उनको नेतालाई पनि जेलमा कोचेको वताउदै नेता महतोले प्रतिगमन विरुद्धको आन्दोलन अहिले पनि जारी रहेको वताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पुर्खाले अर्जेको संघीयतलाई वचाउनु पर्ने समय आएको वताए । उनले दुर्गानन्द झा र लक्ष्मी नारायणले संघीयताका लागि दिएको वलिदानीलाई सार्थकता तुल्याउनका लागि केपी ओली र प्रचण्ड जस्ता संघियता विरोधीलाई परास्त गर्ने समय आएको वताए । उनले डा.लक्ष्मीनारायणले दिएको योगदानलाई सम्झीने देवडीहा गाउँ देवभुमी रहेको र यहाँको माटोको टिका लगाएर शुभ कार्य गर्न सुझाव दिएका थिए । उनले लक्ष्मी नारायण झाको जेल जिवनको बारेमा चर्चा गर्दै उनी एक महान योद्धा रहेको बताए । उनले भने–‘संघर्षको बेला उनी चाहेको भए यहाँवाट भागेर जान सक्थे तर, निडर भएर यहि जनकपुरमै अडिग भएर बसे तर भागेन ।’ उनले महान योद्धाको रुपमा रहेका लक्ष्मी नारायण झाकै वलमा मुलुकमा यति ठूलो परिवर्तन भएको कुरा विर्सनु नहुने बताए।

जसपाले आज आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुनकालागि आग्रह गरेका छन् । आज हुनकोलागेको कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी, रेणु यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News