सोमबार नेपाली बजारमा सुनको भाउ ८०० रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चाँदी १ हजार २७० मा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हाे ।