अपडेट 
२०७७ पुष २७, सोमबार १३:३४

जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ ।

सोमबार जनकपुरधाम उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ । पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स हत्या दुर्भाग्यपूर्ण रहेको मेयर साहले बताउनुुभयो । उनले पत्रकारहरुकालागि गत बर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस बर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो जसवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताए । उनले आज देखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताए ।

पत्रकार सिंह पत्रकारिता क्षेत्रमा इतिहास रचेको बताउँदै उनले जनकपुरधाम उप–महानगरपालिका गर्व महशुस गरेको बताए । पत्रकारिताको क्रममा २०६५ साल पौष २७ गते जनकपुरको रजौलस्थित डेरामा मारिएकी थिइन् । राति करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो । सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए । आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ लैँजादै गर्दा बाटोमै मृत्यु भएको थियो । सिँहलाई उनकै भाउजू ललिता सिँहले धनको लोभमा हत्या गराएको ठहर छ ।

Comment


Related News

Latest News

Trending News