अपडेट 
२०७७ पुष २७, सोमबार १४:१८

जनता समाजवादी पार्टी (जसपा)ले सोमबार मधेशका तीनवटा शहरमा विरोधसभाको आयोजना गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आन्दोलन गरिरहेको जसपा नेपाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज जनकपुर, वीरगञ्ज र नेपालगञ्जमा विरोधसभाको आयोजना गरेको हो । वीरगञ्जको विरोधसभालाई सम्बोधन गर्नका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री र कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सुनिल रोहित वीरगञ्ज पुगिसकेका छन् । त्यस्तै, नेपालगञ्जको कार्यक्रमको लागि जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राइ, कार्यरिणी सदस्यहरु अबवाल अहमद र अमृता अग्रहरी र जनकपुरको कार्यक्रमका लागि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरत्सिह भण्डारी, कार्यकारिणी सदस्यहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा पुगेका छन् । 

Comment


Related News

Latest News

Trending News