अपडेट 
२०७७ पुष २७, सोमबार १४:३२

भारतले कोरोना भाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्ने भएको छ। भारतमा शुरुमा ३० करोड जनतालाई दिने गरी शनिबारदेखि खोप प्रदान गर्ने भएको हो ।

सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको हो । खोपका लागि सात सय जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुलाई तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ । सरकारले २९ हजार चिस्यान विन्दुहरु, दुई सय ४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र तीन सय वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।

Comment


Related News

Latest News

Trending News