अपडेट 
२०७७ पुष २७, सोमबार १६:०६

नेपालमा सोमबार थप ४८८ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ५२७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ५८ हजार ९६८ जना संक्रमित निको भएका छन् । हाल नेपालमा चार हजार ३ सय ७३ जना आइशोलशेनमा रहदा २३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ८७ हजार ५५५ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News