अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:३५

जनकपुरधाम । महोत्तरी प्रहरीले अवैध रुपमा घरमै संचालन गरिएको रक्सी भट्टी नष्ट गरेको छ ।

महोत्तरीको लोहारपट्टि न. पा. ७ बस्ने बसन्त चौधरी, रामचन्द्र चौधरी,दिपक चौधरी, रामएकवाल चौधरीले आफ्नै घर भित्र अबैध घरेलु रक्सी भट्टि संचालन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापामारी गरेका थिए । आइतबार साँझ प्राप्त हुन आएकोले प्रहरी चौकी भ्रमर पुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली खटि गई उनीहरूले संचालन गरेको भट्टीबाट करिब दुई हजार पाँच सय लिटर कच्चा पदार्थ र करिब १०० लिटर तयारी मदिरा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको तयारी मदिरा र कच्चा पदार्थ स्थानीय भद्रभलादमी, बुद्विजीविहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । भट्टि संचालन गर्न प्रयोग गरिएको ४ वटा मेसिन र ५ किलो युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News