अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:४१

कलैया । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ का कारण नेपाल–भारतसंग जोडिएको सबै नाकाहरु चाडै नै खुलाउने बताएका छन् ।

नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले तराई मधेसका जनतालाई आफनो दैनिक ब्यवहार चलाउन देखि लिएर बिहेबारीमा जान समेत अप्ठयारो हुने गरेको हुदा सरकारले कोभिड नियन्त्रणका लागि गठन गरेको सिसिएमको संयोजक रहेको नाताले पनि बैठक गरि चाडै नै नाकाहरु खुलाउने प्रतिवद्धता ब्यतm गरे । तर त्यसका लागि सबै नागरिकहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरि काम गर्नुपर्ने आवश्यकता छ । उपप्रधानमन्त्री पोखरेलले भारतीय नाका प्रयोग गरि भारत जान पाउनु हुने कुरामा जोड दिए । नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालको डटेर सामना गर्न सुझाव दिएका थिए । पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै दुई तिहाईको बहुमतबाट प्रधानमन्त्री बनाएकाहरुले नै ५ बर्ष नसकिदै प्रधानमन्त्री र अध्यक्षबाट हटाउने षडयन्त्रको बिरोधमा ओलीले संसद बिघटन गरि ताजा जनादेशमा जानका लागि मार्ग प्रशस्त गरेको दावी गरे ।

राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने सम्मको प्रयत्न गर्नु लोकतान्त्रिक मुल्य, मान्यता बिरोधी काम उहाँहरुले गरेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा पार्टी नै आधिकारीक पार्टी भएको हुदा आपूmहरुले नै सुर्य चिन्ह पाउनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । उनले बारा जिल्लाका नागरिक मातृभुमिको रक्षाका लागि, सामन्तका बिरोधका लागि, धार्मिक, पुरातात्विक एवम ऐतिहासिक धरोहरहरुको रक्षाका लागि आफनो स्वाभिमानलाई कहिले पनि तल नराखी अगाडी बढेको इतिहास नेकपाले कहिलेपनि नबिर्सने बताए । शहरी विकास मन्त्र प्रभु साहले प्रदेश नम्बर २ भ्रष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनतालाई उनीहरुले ठगी रहेको आरोप लगाए । कसैको दायाले होईन आत्मविश्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले अगाडी बढाउने दावी गरे । कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले न्यायालयलाई कमजोर पार्ने खेल भईरहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिएका थिए ।

नेकपाका स्थाई समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का अध्यक्ष सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह, अच्युत मैनाली लगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेकपाका बारा जिल्ला ईन्चार्ज बलबिर चौधरीको अध्यक्षतामा कार्यक्रम भएको केन्द्रिय सदस्य बिनोद साहले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेललाई कलैयामा कालो झण्डा देखाएका अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश यादव, नेबिसंघका केन्द्रिय सदस्य नेजामुद्दिन अन्सारी र नेबि संघ बाराका नेता सागर पटेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवतmा गौतम मिश्रले बताए । पक्राउ परेकालाई सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाए ।

Comment


Related News

Latest News

Trending News