अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:५०

जनकपुरधाम । उखुको मुल्य निर्धारण नहुदा किसान अलमलमा परेका छन् ।

चिनी उद्योग सञ्चान भएको एक महिना भएपनि उखुको मुल्य तय नहुदा किसान अन्यौलमा परेका छन् । गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहदा चालु क्रसिङ्ग सिचनको मुल्य समेत निर्धारण हुन सकेको छैन । वर्ष दिन खेतमा हुर्काको उखु चिनी उद्योगलाई किसानल एक महिनादेखि उखु बेचि रहेका छन् । तर, बेचेको उखुको मुल्य कति पाउने किसानलाई जानकारी नै छैन । उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । तराई मधेसमा पुषको जाडोमा बिहानै देखि उखु उखु काट्न व्यस्त छन् । उखु उब्जाएर वर्षभरि ऋणको भारी बोकेका किसान चिनी उद्योगबाट एकमुष्ट भुक्तानि लिएर कर्जा र उधारो चुक्ता गर्ने सपना देखेका छन् । तर, उखुको मुल्य निर्धारण नै नहुदा किसान अन्यौलमा परेको गौशलाकै अर्का उखु किसान युगल सिंहले बताए ।

सरकार, चिनी उद्योगका उद्योगपति, किसान प्रतिनिधि र राजनीति दल बिच बिचार नमिल्दा उखुको मुल्य निर्धारण हुन सकेको छैन । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकारले मुल्य नतोक्दा चिनी उद्योगहरु आफु अनुकुल किसानसंग उखु खरिद गरी पेस्की रकम दिएको उनले बताए । उखुको मुल्य निर्धारण नहुदा सम्म तत्कालकाागि सर्लाहीको इन्दुशंकर चिनी उद्योगले १५ दिनमा ४ सय ७१ रुपैया प्रती क्वीन्टल र रौतहटको डुमरीया स्थित चिनी उद्योगले ४ सय ७१ रुपैया प्रतिक्वीन्टल रुपैया भुक्तानि गरेको मैनालीले बताए । सरकार र उद्योगीबीचको मिलोमतोमा किसान सधैं मारमा परेका छन , मैनालीले भने, ‘ किसानले कहिल्यै उचित मूल्य पाएनन् । सरकारले तोकेकै मूल्य पनि चिनी उद्योगले सहज रुपले दिंदैन । उखुको भुक्तानिकालागि हरेक वर्ष किसान आन्दोलन गर्नु परेको छ ।’ कृषि प्रधान रहेको मुलुकमा किसानको दुःख पीडामा सरकारले मलम लगाउन नसकेको उखु उत्पादक महासंघका मैनालीले बताउछन । उखु किसानले राज्यको अनुभुती नै गर्न सकेको छैन, उनले भने । समयमा उखुको भुत्तःानि नपाउदा गुलीयो उखु उब्जाउने किसानको पिडा तितो कथा बनेको छ ।

सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद त पाएका छैनन् । उखुको जायज पैसा समयमा माग्दा पनि सरकार र उद्योगीले आफूहरुलाई नसुनेको किसानको गुनासो छ । चिनी उद्योगलाई उखु बेच्दा एकमुष्ट नगदै किसानले भुक्तानि पाउन थालेपछि किसानले उखु खेतीलाई नग्दे बालीको रुपमा आकर्षित भएका थिए । तर, पछिल्लो समय उखुको मुल्या निर्धारण र भुक्तानि समस्याले नग्देबाली उखु उधारो र ऋणको भारि बोकाउने खेतीमा परिणत भएको सर्लाही धनगढाका उखु कृषक लक्ष्मण राय बताउछन् । सरकारबाट पाउने उखुको अनुदान रकमसमेत समयमै नपाएको किसानको गुनासो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु सिचनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा प्रस्ताव गरेको एक महिना भन्दा बढी भएपनि मुल्यको टुंगो लाग्न सकेको छैन । उत्पादन लागत, ढुवानी, बजारमूल्य, मुनाफालगायत जोडेर उक्त प्रस्तावे मन्त्रालयले समर्थन मुल्य प्रस्ताव गरेको हो ।

गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर ५ सय ४४ रुपैयाँ ३३ पैसा प्रस्ताव गरिएको हो । उखुको समर्थन मूल्य मंसिरभित्र तोकिएर चिनी उद्योगले उखु क्रसिङ सुरु हुन्छ । कृषि मन्त्रालयले लागत ३ सय ८६ रुपैया, सरकारी अनुदान ६५ रुपैया २८ पैसा, ढुवानी र नाफा ९२ रुपैयाँ ८९ पैसासहितको समर्थन मूल्यको पत्र मन्त्रिपरिषमा पेश गरेको थियो । समर्थन मूल्य बढाएर प्रस्ताव गरे पनि किसान सन्तुष्ट छैन । प्रतिक्विन्टल ८ रुपैयाँ बढाएपनि चिनीको मुल्य अनुसार उखुको मुल्य मुनासिव नभएको नेपाल उखु उत्पादक महासंघ असहमति जनाउदै आएको छ ।

Comment


Related News

Latest News

Trending News