अपडेट 
२०७७ पुष २८, मंगलवार ११:५६

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले प्रतिनिधिसभा पुनः प्राप्त गर्नका लागि नेपाली कांग्रेसले दुइवटै विकल्प स्विकार गर्न तयार रहेको वताएका छन ।

जनकपुरधाममा मंगलवार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सममेलनमा बोल्दै पुर्व गृहमन्त्री समेत रहेका निधीले संघिय लोकतान्त्रीक गणतान्त्रमक प्रणालीको रक्षाका लागि प्रतिनीधी सभा आवश्यक रहेको वताए । उनले भने,प्रतिनिधीसभा प्राप्त गर्नका लागि संवैधानिक विकल्पको रुपमा दुइवटा बाटो अदालतद्धारा पुनः स्थापना वा निर्वाचन दुवै मान्न तयार छौ । उनले सवै राजनीतिक दलका साथै जनताले पनि दुवैका लागि तयार वस्न आग्रह गरे । संचारमाध्ममा आए जस्तो कांग्रेस दोधारोमा छैन, अदालतको जो निर्णय हुन्छ कांग्रेसले मान्न तयार छ उनले भने । प्रमुख प्रतिपक्षीको भुमीका कमजोर देखियो भन्ने प्रश्नमा उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अंसंवैधानिक,अलोकतान्त्रिक र अधिनायकवादी कदम चालेको र यसको विरुद्धमा कांग्रेस चरणवद्ध आन्दोलनमा छ तर पनि अदालतको निर्णय मान्न तयार रहेको वताए ।

उनले संविधान विपरित भएपनि यदि अदालतले निर्वाचनमै जाने फैसला गरयो भने गलत नहुने र त्यो संविधान भित्रकै निर्णय भएकोले मान्न तयार रहेको वताए ।उनले ओली र राजा विच सहमती भएको हल्ला वारेमा वताउदै कुनैपनि हालतमा राजतनत्र फर्किन नसक्ने वताए । उनले संसद विघटनको समस्या समाप्त भएपछि कांग्रेसले आफनो महाधिवेसनको विषयमा सोच्ने जानकारि समेत दिए ।

Comment


Related News

Latest News

Trending News