अपडेट 
२०७७ पुष २९, बुधबार ०८:०५

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले प्रहरी मेरो साथी भन्ने भनाईलाई चरितार्थ गर्ने बताएका छन् ।

महानगरीय प्रहरी महाशाखाबाट सरुवा भएर धनुषा आएका उपरिक्षक रानाभाटले धनुषाका पत्रकारहरुसंग भेटघाट गर्दै जनता र प्रहरी विचको सम्वन्धलाई प्रगाढ बनाउनका लागि आफुले पहल गर्ने बताए । धनुषामै आफनो विहे भएकोले आफु धनुषाबासीको ज्वाई भएको नाताले पनि पारस्परिक सम्वन्धलाई कायम राख्न र जनतालाई न्यायमा पहुच बनाउनका लागि आफुले पहल गर्ने बताए । उनले जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी पनि भएकोले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनुपर्ने आवश्यकता हुन्छ उनले भने–‘यसमा कुनै कसर बाँक्ी राखिने छैन ।’ हँसिलो मुहार र शालिन व्यवहारमा देखिएका उपरिक्षक रानाभाटले धनुषाबासीको सहयोग पाए आफु पवित्र भुमीबाट सफल भएर जाने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News