अपडेट 
२०७७ पुष २९, बुधबार ०८:१४

जानकी मन्दिर फुलवारीको जग्गा अतिक्रमण गरि सडक तथा पर्खाल निर्माण भई रहेको कार्यलाई तत्काल रोक्न दिइएको रिट निवेदन काम नरोक्न परमादेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरमा जनकपुरधाम उप–महानगरपालिका–४ बस्ने मुरली मनोहर मिश्रले कार्य तत्काल रोक्का गर्नकालागि दिएको रिट निवेदनमा उच्च अदालतवाट माग गरेको परमादेशको विषयमा रिट निवेदकको पूर्ण सुनुवाई हुँदाका बखत संसोधन भई निरुपण हुने र हाल सडक विस्तरा अन्तर्गत पर्खाल लगाउने जस्ता कार्य सम्पन्न भई बाटो विस्तार समेत भईरहेको अवस्था रहेकोले सार्वजनिक बाटो विस्तारको कार्यलाई रोक्नु पर्ने अवस्था समेत नभएकोले माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन । कानुन बमोजिम गर्नु भनि परामदेश भएको छ । न्यायाधीशद्वय बालकृष्ण उप्रेती र रमेश ढकालको संयुक्त इजलासले सो परमादेश गरेको हो । मिश्रले जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान जनकपुरधाम र जनकपुरधाम उप– महानगरपालिकालाई विपक्षी बनाई रिट निवेदन दिएका थिए ।

निवेदकको तर्फवाट अधिवक्ता कृष्णकुमार झा तथा विपक्षी उप–महानगरपालिकाको तर्फवाट अधिवक्ता मन्सुर राइन र विजयप्रताप सिंह, विपक्षी गुठी संस्थानको तर्फवाट दिपेन्द्रकुमार साह तथा जिल्ला प्रशासनको तर्फवाट सहायक न्यायाधिवक्ता उमंग निरौलाले बहस गरेका थिए । जानकी मन्दिरको हक भोगमा रहेको किता नम्वर ८ को जानकी फुलवारीको रुपमा रहेको जग्गाको पूर्व तर्फमा रहेको सडक विस्तार गर्दा हाल कायम रहेको सडकको मध्य विन्दुवाट दायाँ र बायाँ दुवै तर्फ बराबर पर्ने गरी जग्गा लिई सडक विस्तार गर्नुपर्नेमा सो फुलवारी जग्गामा मात्र पर्ने गरी विपक्षीहरुले बाटो विस्तार गर्न लागेकोले त्यसरी एकतर्फी रुपमा बाटो विस्तारको कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउमा अन्तरिम आदेशको माग गरी परमादेशको प्रस्तुत रिट निवेदन दिएको थियो । जनकपुरधाम उप– महानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले मेयर लालकिशोर साहले ८५ लाख रुपैयाँ लिएर जानकी मन्दिर फुलवारीको जग्गा अतिक्रमण गर्न चाहेको भन्दै समाजिक सञ्जाल तथा विभिन्न समूह बनाई विरोध जनाउँदै आएका थिए । वडाध्यक्ष साहको नियत भने अस्पष्ट देखिएको छ ।

वडाध्यक्ष साह आफ्ना नीजि स्वार्थ सिद्ध गर्नकैलागि मेयर साहलाई बदनाम गरेको उच्च अदालत जनकपुरको परमादेशवाट ठहर भएको छ । जानकी मन्दिर फुलवारीको जग्गा अतिक्रमण नभई सडक विस्तारको क्रममा केन्द्रविन्दुवाट दायाँ र बाँया गरि सडकमा गएको हो । जनकपुरधाम उप– महानगरपालिकाका आम जनताहरु भने वडाध्यक्ष साहको अलोकतान्त्रिक पद्धति र प्रक्रियावाट आजिज भई समाजिक सञ्जालमा समेत अपशव्द प्रयोग गरेकोले उनको चरित्र सार्वजनिक भएको टिप्पणी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News