अपडेट 
२०७७ पुष २९, बुधबार १६:५१

पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ४ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ । आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हाल २ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News