अपडेट 
२०७७ माघ १, बिहीबार ०७:३४

हुुन्डीको कारोबार गर्ने व्यापारीहरुमाथि प्रहरीले निगरानी बढाएपछि सिरहामा श्रोत नखुलेको रकमसहित भटाभट पक्राउ पर्न थालेका छन् ।

स्रोत नखुलेको ३१ लाख ८९ हजार रकमसहित एक जना युवक पक्राउ परेको एक साता नबित्दै बुधबार श्रोत नखुलेको रकमसहित थप दुई जना पक्राउ परेका छन् । सिरहा प्रहरीले स्रोत नखुलेको नगद सहित दुइ युवकलाई बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको स ८प ९६१४ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा बरियारपट्टि गाउँपालिका वडा नं. २ खोक्सी बस्ने ४० वर्षीय मोहमद सगिर मियाँ र पछाडि बसेका स्थानिय २४ वर्षीय मेहदि मंसुर मियाँलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ नौ लाख उनन्चालिस हजार नौ सय पन्द्र रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कार्वाहीका लागि सम्पति शुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइने सूचना अधिकार डिएसपी पौडेलले बताए । दुइदिन अगाडि मात्रै सिरहा प्रहरीले करिब ३२ लाख श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो । सिरहा नपा २१ लगडीगोठबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लाख ८९ हजार हजार दरको नोट सहित नियन्त्रणमा लिएको थियो । कपडाको झोलामा बोकेर ल्याईरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले भारतीय बजारबाट नेपाली बैंकमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैंक तथा वितिय संस्थाहरुका खाता खोली एटिएमको माध्यमबाट भारतमा भारु रकम झिकेर सटहि काउण्टरको नाममा जम्मा गर्नेगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ ।

Comment


Related News

Latest News

Trending News