अपडेट 
२०७७ माघ १, बिहीबार ०७:३८

संस्कृति कुनै देश वा जातिको आत्मा हुन्छ । त्यस मार्फत त्यस देशको संपूर्ण संस्कारको बोध हुन्छ जसको आधारमा त्यसको आफ्नो सामाजिक आदर्शको निर्माण हुन्छ । यसै संदर्भमा माघे संक्रान्तिको चर्चा गर्न चाहन्छु । माघ महिनामा सुर्य मकर रेखाबाट कर्करेखा तिर बढी रहेको हुन्छ र जुन दिन यो कार्य प्रारंभ हुन्छ त्यसलाई नै मकर संक्रान्ति भनिन्छ अथवा माघे संक्रान्तिको दिन सुर्य मकर रेखाबाट कर्क रेखा तिर आउ“छ ।

सुर्य विसुवत रेखा पार गर्दै कर्क रेखा तिर गमन गर्छ र पुनः कर्क रेखा बाट विसुवत रेखा पार गर्दै मकर रेखा तिर बढछ । यसैमा सुर्यलाई साल भर लाग्दछ । मकर बाट कर्क रेखा तिर गमन गर्दा सुर्य उत्तरायण हुन लागेको मानिन्छ, यस वखत दिन ठूलो र राती सानो हुन शुरु हुन्छ । कर्क रेखाबाट मकर रेखा तिर सुर्य जब गमन गर्दछ त्यस वखत राती ठूलो र दिन सानो हुन प्रारंभ हुन्छ । यसलाई सुर्यको दक्षिणायन हुन लागेको भनिन्छ । मकर संक्रान्तिलाई मिथिलांचलमा अत्यन्त महत्वपूर्ण मानिएको छ । यसै दिनबाट माघस्नान पनि प्रारंभ हुन्छ जो माघ भरी चल्छ । यस माघ संक्रान्तिको दिन गंगा स्नानको विशेष महत्व हुन्छ । यस संक्रान्ति दिन विहानपख स्नानगरी तिलको दान र तिलको भोजन गरिन्छ । स्नान गरी तिलको डंटल (तिलाठी) लाई जलाएर त्यसको आगोबाट जीउलाई तताइन्छ । यस दिन तिलको लड्डु बनाएर खाने चलन मिथिलांचलमा नीकै प्रचलित रहेको छ । यस दिन कतिले खिचडी पनि पकाएर खान्छन । यसै कारणले मिथिलांचलमा यसलाई तिलासंक्रान्ति पनि भनिएको छ ।

तिलको लड्डुमात्र होइन च्युराको लड्डु, मुरहीको लाई बनाएर खाने चलन पनि छ । यस संक्रान्तिको दिन दान–पुण्यको विशेष महत्व रहेको छ । गृह देवको अगाडी कमल फूलको अरिपन (भूमि लेखन) गरी तिल र चामल साथ पूजन गरिन्छ भने तिल र चामल अर्पण गरिन्छ । यसै दिन ब्राहमण समाजमा विहे न भएकी छोरीहरु तुसारी पूजन आरंभ गर्दछिन र विहे नभए सम्म यो पूजन गरी रहन्छे । तुसारी भनेको गौरी पूजन नै हो । विवाहिताहरु विहेको पहिलो वर्ष देखि पृथ्वी पूजा र सा“झ पूजा आरंभ गरी पा“च वर्ष सम्म गरी रहन्छे । एउटा माघे संक्रान्ति पछि अर्को माघे संक्रान्ति सम्म जसको विहे भएको छ त्यसको माइतिबाट बर – बधुको लागि जाडो यामको लागि विशेष लुगाहरु पठाइन्छ जसलाई “जडाउर” पनि भनिन्छ । कायस्त समाजमा यस संक्रान्तिको दिन नव विवाहिता द्धारा नया“ माटोको चुलोमा नया“ माटोको भा“डोमा पूजा गरिन्छ । यस ठाउ“मा पहिलो संक्रान्तिमा पा“चवटा तरकारी र माछा, दोस्रो वर्ष यसै दिन दस वटा तरकारी र माछा र तेस्रो वर्ष पंद्र वटा तरकारी र माछा र चौथो वर्ष बीस वटा तरकारी र माटा र पा“चौं वर्षमा पचीस वटा तरकारी र माछा हुनुपर्ने हुन्छ ।

यस पूजनलाई भतराइस भनिन्छ । यसमा बेहुलीको माइतबाट दाजू अथवा भाइ आउछ र विभिन्न फल र अन्नको ‘ढेरी’ लाई भंग गर्दछ । माइतबाट कोइ पनि आएन भने आफ्ना देवरबाट यो विधि गरिन्छ । विहे न भएकी केटीले राम्रो वर पनि पाउन तुसारी पूजछिन भने विवाहित महिलाले सुखी र दीर्घ दांपत्य जीवनको लागि तुसारी अथवा सा“झ पूजछिन । तुसारी भनेको गौरी नै हो । गौरी दाम्पत्य जीवनको अधिष्ठात्री छिन । रामायणमा पनि सीता द्धारा गौरी पूजनको उल्लेख पाइन्छ । गौरी पूजन कै क्रममा सीतालाई राम संग भेट भएको कुरा उल्लेख छ । यसै मकर संक्रान्ति दिन देखि विभिन्न स्थानहरुमा मकर मेला लाग्दछ । जनकपुर नजीक धनुषाधाममा माघ महिना भरी प्रत्येक रविवार र मंगलवार मेला लाग्दछ । त्यस्तै मधुबनी जिल्लाको फुलहर भन्ने स्थानमा जहा“ राम र सीताको प्रथम मिलन भएको थियो त्यहा“ पनि रविवार र मंगलवार मकरमेला माघ महिना भरी लाग्ने गर्दछ । सिंधुली र उदयपुर जिल्लाको संगम स्थल त्रिवेणीमा पनि माघे संक्रान्तिमा वृहत मेला लाग्दछ ।

यस ठाउमा टाढा – टाढाका व्यापारीहरु आउछन । डा.महेन्द्र नारायण राम आफ्नो पुस्तक “लोकदर्शन” मा यस ठाउ“को चर्चा गर्दै लेख्नुहुन्छ कि लोक देवता सलहेस की बहिनी वनसपतो मकर संक्रान्तिको दिन आफ्नो सहेलीहरु संग त्रिवेणीमा स्नान गर्न गएकी थिइन र यसै ठाउ“मा सतरखोलिया का राजा शैनी संग माया – प्रीति वसेको थियो । त्रिवेणी मेला माघ भरी लाग्दछ र आज पनि यस क्षेत्रका युवक युवतीहरु यस मेलामा प्रेम सम्बन्ध बनाइ रहेको पाइन्छ । नेपालको बाराह क्षेत्रमा पनि माघ भरी मेला लाग्दछ र टाढा – टाढाबाट व्यापारी एवं श्रद्धालुहरु यस ठाउ“मा आउ“छन । माघी पर्वमा नेपालको अन्य क्षेत्रमा रहेको परंपरा दोलाल घाट, पनौती, देवघाट, कावेरी, तमोर नदी जस्ता जलाशयका आस्था संगै स्नान, दान, श्रद्धाचारा यो मकर संक्रान्तिलाई मनाइन्छ । महाभारतका महामना भीष्मले यसै दिनमा आफ्नो इच्छा मरणको लागि मृत्युलाई रोजेको जन विश्वास छ । नेवारको लागि घीउ, चाकू पर्व हु“दै मगर जाति संग सम्बन्ध जोडिन्छ । शिशिर ऋतुको पहिलो महिनाको रुपमा यस माघ महिनालाई लिइन्छ र मास हालेर पकाएका तेल, तिल, घीउ, चाकू, खिचडी पकाएर खाने परंपरा रहेको छ ।

मिथिलांचलको जस्तो तिलको सीठाको आगो ताप्ने परंपरा पनि रहेको छ । माघे संक्रान्तिको दिन इलामको माइवेनीम लाग्ने मेला, रुरुको रिडीमा तीन दिन सम्म लाग्ने मेला र यसै अवसरमा काली गंडकी, देवघाट आदिमा लाग्ने मेला नेपालको सांस्कृतिक मेला हो । माघे संक्रान्तिको दिन साना देखि ठूलो सम्म सबै जना गाउ“ भरी ढोग भेट गर्न थारुहरु घर – घर पस्छन । कुल पुजारी, घरको काम सघाउने (घरमा काम गर्ने), घर बनाउने देखि अग्रज पूर्खाहरुलाई समेत बोलाए ख्वाइन्छ । माघ महिनाको दोस्रो दिन खिचडी खाएर रमाइलो गरिन्छ । चितवन, नवलपरासीमा माथी महोत्सवलाई खिचरी महोत्सवको रुपमा मनाइन्छ । पश्चिमका थारुहरु भन्दा पूर्वी थारुहरुको परंपरामा केही फरक भएको पाइन्छ । पूर्वीथारुहरुमा विवाह गरेर गएकी चेलिवेटीलाई उपहार दिने र यस वखत चेलीवेटीले आफूले भोगेको समस्या खुलेर अभिभावक सम्म राख्दछ । थारु गाउ“को नेतृत्व एकजना घरवरले गर्छ जसलाई थारु समुदायले माघीमै चयन गर्दछन् । रसुवा र नुवाकोटको सीमामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल वेत्रावतीमा माघे संक्रान्तिका दिन यहा“का स्थानीय वासीन्दाहरुले गोरु जुधाएर रमाइलो गर्दछन् ।

रसुवाको सीमा स्थल वेत्रावती स्थित नेपाल र तिब्बतको भोट युद्धको संधि भएको स्थल वेत्रावली हो । यस प्रकार माथि उल्लेख गरेको नेपालको विभिन्न क्षेत्रको माघे संक्रान्ति भनौ वा मकर संक्रान्तिमा नेपालको अधिकांश समुदायको संस्कृतिमा तिल र खिचडी प्रमुखता रहेको परंपरा पाइन्छ । चिउरा, मुरही, चाकू आदिको प्रयोगको परंपरा पनि कति पय संस्कृतिमा रहेको पाइन्छ । यस दिन विहान – विहानै स्नान गर्ने तिलाठीको आगो ताप्ने आदिले पनि यो पर्वलाई हामि कृषि उत्सव भन्न सकिन्छ । सुर्यको मकर रेखाबाट विशुवत रेखातिर गमनले मौसमको परिवर्तनको संकेत त गर्छ नै र जाडो यामबाट छुटकारा पाउन कृषि उपज जो बढी गर्मी दिन्छ त्यसलाई प्रयोग गरेको देखिन्छ । कृषि मनुष्यको आदिकाल देखिनै जीवनको आधार रहेकोले हाम्रो पर्व त्योहारहरु मुख्य रुपमा कृषिमा आधारित रहेको पाइन्छ । कृषिको हाम्रो संस्कृति संग अंतरंग सम्बन्ध रहेको दर्शाउछ ।

Comment


Related News

Latest News

Trending News