अपडेट 
२०७७ माघ १, बिहीबार ०७:४३

राजविराज । जाडोका कारण विद्यालय जान समस्यामा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित शारदा आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा र झोला वितरण गरिएको छ ।

विद्यालयका १ सय ३५ बालबालिकालाई सैनिक श्रीमति संघ तथा अजिज फाउण्डेशन नेपालले न्यानो कपडा, ब्याग लगायतका समाग्री बितरण गरेका छन् । नेपाली सेना भिम दल गण राजविराजको समन्वयमा विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालीले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट बितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघकी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा. किशन भण्डारी लगायतले उक्त समाग्री बालबालिकालाई बितरण गरेका छन् ।

चिसोबाट बढी प्रभावित तथा आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारका बालबालिकाको सूची तयार गरि विद्यालयमै पुगेर बितरण गरिएको प्रमुख सेनानी भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग जुटाइएको बताए । केही दिन अघिमात्र अपाङ दिवसको अवसर पारेर सैनिक श्रीमती संघले एक कार्यक्रमको आयोजना गरि शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताउन बाध्य १३ जनालाई ह्वील चेयर बितरण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News