अपडेट 
२०७७ माघ १, बिहीबार ०७:४५

जनकपुरधाम । लायन्स क्लव अफ अन्तराष्ट्रियका संस्थापक मेलविन जोन्सको जन्मदिन जनकपुरमा मनाइएको छ ।

लायन्स क्लव अफ जनकपुरले मेलविन जोन्सको जन्मदिनको अवसर पारेर विभिन्न समाग्री वितरण गरेको हो । लायन्स क्लव अफ जनकपुरका अध्यक्ष सुनिल साहको अध्यक्षतामा बुधबार जनकपुरको जानकी आँखा अस्पताल र जानकी वृद्धाश्रममा समाग्री वितरण गरिएको हो । जानकी आँखा अस्पतालमा पानी तताउने डिसपेन्चर(होट वाटर डिसपेन्चर) र जानकी वृद्धाश्रममा डिसहोम वितरण गरेको छ । सो अवसरमा लायन्स क्लव अफ जनकपुरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News