अपडेट 
२०७७ माघ १, बिहीबार ०७:४७

गौर । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले फर्जी बलात्कारको आरोप लगाउने माथि कानुनी कार्यवाही गरिने बताएका छन् ।

रौतहट जिल्ला अदालत गौरमा कार्यरत रहेका नायव सुब्बा मदन सहनी माथि लागिएको सामुहिक बलात्कारको विषयमा आरोपमा सत्यता नरहेकोले नक्कली बलात्कारको आरोप लगाउने र आरोप लगाउन सहयोग पुर्याउने माथि कानुनी कारवाही गरिने उनले जनाए । एक जना युवतीले चपुरमा गरेको सामुहिक बलात्कारमा अदालतका नायव सुब्बा सहनी पनि सहभागी भएको भनि दिएको उजुरीको आधारमा मंगलबार प्रहरीले अदालतबाट पुछताछको लागि लगिएपछि कर्मचारीहरुले अदालतको कामकाज ठप्प पारेका थिए । शारीरिक अवस्था कमजोर भएका सहनीले यस्तो कार्य गर्न नसक्ने भन्ने कर्मचारीहरुको रहेको विश्वासको आधारमा अदालतको कामकाज प्रभावित गरेकोमा छानविन गर्ने क्रममा आरोपमा सत्यता नदेखिएकोले लागिएको फर्जी आरोप माथि प्रहरीले छानविन थालेको हो । प्रहरी उपरीक्षक शाहले भने झुठो आरोप लगाउने र गर्न उत्प्रेरित गर्ने दुवै माथि कारवाही गर्ने प्रक्रिया अगाडी बढाएको छु ।

तत्कालिन प्रहरी उपरीक्षक रविराज खड्काको सरुवा पछि रौतहट आएका प्रहरी उपरीक्षक शाहको अहिले सम्मको कार्य सन्तोषजनक र विवादरहित देखिएको छ । झुठो आरोप लगाउने माथि कानुनी कारवाही हुने भएको कानुनी व्यवस्था अनुसार उनीहरु माथि कानुनी कारवाही गरिने उनको भनाइ रहेको छ । नायव सुव्वा सहनीले षड् यन्त्र पुर्वक आरोप लगाएको भन्दै आएको छ । आफ्नो कार्यमा इमान्दारिता देखाउदै आएका सहनी माथि लागिएको गम्भीर आरोप माथि कर्मचारी र कानुन व्यवसायीको विस्वास रहेको छैन । प्रहरीले सोधपुछको लागि अदालतबाट लगिएको विरोध कर्मचारी लगायत कानुनी व्यवसायीहरु समेत ले गरेका थिए । पक्राउ गर्नु भन्दा पुर्व अदालतको अनुमति लिनु पर्ने कानुनी प्रावधानको प्रहरीले पालना नगरेकोले कर्मचारी तथा कानुन व्यवसायीहरुले आपति जनाएको थियो ।

Comment


Related News

Latest News

Trending News